काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको आज साँझ ५ : ५५ मिनेट जादा निधन भएको छ । उनको जन्म बि . स १९७६ असोज ७ गते औसीकाका दिन भएको थियो । उनको १०१ बर्षको उमेरमा आज साँझ निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको हो ।
साहित्तिक यात्रा काब्यबाट शुरु गरेका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी धारामा कलम चलाउने कुशल नेपाली साहित्यकार, कवि र गीतकार पनि हुन् । उनले साहित्यका बिबिध क्षेत्रहरु कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका थिए ।
नव मञ्जरी, गौरी (शोककाव्य) मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), उनले राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता किन्नर -किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) बहु चर्चित नेपाली राष्टिय गीत गाउछ गीत नेपाली लगाएत अन्य धेरै उनका साहित्तिक रचनाहरु प्रकाशित छन् ।