Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतीय गृहमन्त्री शाह किन अस्पताल भर्ना भए ?


    मंगलबार, भाद्र २ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। भारत सरकारका संघीय गृहमन्त्री अमित शाहको स्वास्थ्यमा सामान्य समस्या आएपछि उपचारका लागि सोमबार राति अस्पताल भएका हुन् । राजधानी नयाँ दिल्लीस्थित अखिल भारतीय मेडिकल साइन्सेज (एम्स) मा उनी भर्ना भएको एम्स अस्पतालले मङ्गलबार पुष्टि गरेको छ ।

    शाहलाई अस्पतालको कार्डियोथोरासिक र न्युरोसेन्स सेन्टर (सीएनसी) को भीआईपी वार्डमा भर्ना गरिएको छ । अस्पतालद्वारा दिइएको जानकारीमा भनिएको छ, “गृहमन्त्री अमित शाहले आफूलाई विगत तीन चार दिनदेखि थकान र शरीर दुखाइको अनुभव भएपछि अस्पताल भएका हुन्। उनीको स्वास्थ्य अवस्था सामान्य रहेकोे र अस्पतालबाट नै आफ्नो जिम्मेवारी बहन गरिरहनुभएको छ ।”

    मन्त्री शाहलाई १४ अगस्टमा दिल्लीको गुरुग्रामस्थित मेदान्त अस्पतालबाट डिस्चार्ज गरिएको थियो । डिस्चार्जपछि उहाँले एक ट्वीटर सन्देश लेख्दै उपचारमा सम्लग्न चिकित्सकलाई धन्यवाद दिएका थिए।

    “मेरो कोभिड–१९ परीक्षण रिपोर्टले सङ्क्रमणमुक्त भएको पुष्टि गरेको छ । म भगवान्लाई धन्यवाद दिन्छु साथै मेरो राम्रो स्वास्थ्यको कामना गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु । डाक्टरको सल्लाहमा म केही दिन घरमा नै एक्लै बस्नेछु । अगस्ट २ मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि गृहमन्त्री शाहले ट्विटरमार्फत् आफ्नो स्थिति घोषणा गर्दै पछिल्ला दिनमा आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई पनि एक्लो रहन र परीक्षण गर्न आग्रह गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार