Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाको लक्षण भएकी युवतीको मृत्यु


    मंगलबार, भाद्र २ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तनहुँ। बन्दीपुर गाउँपालिका–६ निवासी २९ वर्षीया एक युवतीको आज पोखरामा मृत्यु भएको छ । ग्यालेक्सी अस्पताल पोखरा पुगेको आधा घण्टामै ती युवतीको मृत्यु भएको हो ।

    श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आजै पोखरा पठाइएको थियो । डुम्रेस्थित एक मेडिकलमा सामान्य उपचारपश्चात् उनलाई पोखरा पठाइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

    ती युवतीमा कोरोना सङ्क्रमणको लक्षण रहेकाले क्षयरोग उपचार केन्द्रमा नमूना परीक्षणका लागि पठाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार