Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निषेधाज्ञा जारी गर्ने अधिकार अब जिल्ला प्रशासन कार्यालयलाई


    मंगलबार, भाद्र २ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले निषेधाज्ञा जारी गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएकाे छ ।  मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले यस्ताे जानकारी दिएका हुन्।

    उनले भने,’ काठमाडौं उपत्याकासहित सबै जिल्लाका जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सक्ने व्यवस्था भएकाे छ।’

    उनकाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जिल्लाभर तथा कुनै निश्चित ठाउँमा निषेधाज्ञा जारी गर्न सक्ने छन् ।‘संक्रमण जोखिमको विश्लेषणका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा २ बमोजिम कोभिड–१९ उपचार रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित जिल्लाभर वा जिल्लाको कुनै भागमा मात्र लागू हुने गरी आवश्यक व्यवस्था मिलाउन र सोको निमित्त आवश्यकताअनुसार स्थानीय प्रशासन ऐन, २०२८ बमोजिमको अधिकारसमेत प्रयोग गर्न सबै जिल्ला अधिकारीहरूलाई मुकरर गरी अधिकार सुम्पने निर्णय भएको छ’, पत्रकार सम्मेलनमा उनले भने । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार