काठमाडौं । पछिल्लाे केही दिनदेखि काठमाडाैँ उपत्यकामा दिन प्रति दिनै काेराेना संक्रमित बढिरहेका छन्। साेही क्रममा ललितपुरस्थित निदान अस्पतालमा कार्यरत १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारीसहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा मंगलबार थप २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार देशभर एक हजार १६ जना कोरोना संक्रमित थपिएका छन् ।