Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • आज प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै


    आइतबार, फाल्गुन ७ २०७९
    3.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

    विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ। सरकारले प्रजातन्त्र दिवसको दिन प्रधानमन्त्रीको अध्यक्षतामा मुल समारोह मनाउँदै आएको छ ।

    दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले सबै नेपालीहरुमा शुभकामना दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार