Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेनामा कोरोना संक्रमण प्रभाव, अहिलेसम्म २४६ मा संक्रमण पुष्टि


    मंगलबार, भाद्र २ २०७७
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अन्य क्षेत्र जस्तै कोरोना संक्रमणको प्रभाव नेपाली सेनामा पनि देखिएको छ । अहिलेसम्म नेपाली सेनाका २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

    सेनामा जेठको पहिलो सातासम्म संक्रमण देखिएको थिएन । जेठको दोस्रो सातामा पहिलोपटक एक सेनामा संक्रमण देखिएको थियो । त्यसयता संक्रमण बढेको बताइएको छ । 

    संक्रमितमध्ये ८४ जना कोरोना मुक्त डिस्चार्ज समेत भैसकेका छन् । अहिले सबैभन्दा धेरै संक्रमित भने प्रदेश २ स्थित मध्यपूर्वी पृतनामा रहेको नेपाली सेनाले जनाएको छ । संक्रमित मध्ये १ सय ६२ जना सेनाको आइसोलेशन वार्डमा उपचाररत छन् । काठमाडौं उपत्यकामा भने २० जना संक्रमित उपचाररत रहेको सेनाले जनाएको छ ।  

    संक्रमण पुष्टि भएका सेनामध्ये फ्रण्टलाइनमा खटिने बढी रहेको बताइएको छ। नेपाल–भारत सीमानाकाका १० स्थानमा सैनिक खटिएका छन् । अनुमति लिएकाहरूलाई सीमानाका प्रवेशमा सहजीकरण गर्ने, होल्डिङ सेन्टर व्यवस्था गर्ने, हेल्थ डेस्क सञ्चालन गर्ने सेनालाई जिम्मेवारी छ । 

    सेनाले भने कोरोना संक्रमितको लागि ब्यारेकभित्रै आइसोलेशन वार्ड राखेको छ । कन्ट्रयाक्ट ट्रेसिङका लागि  पनि टिम बनाएको छ । यस्तै काठमाडौंबाहिरबाट भित्र आउने सैनिकलाई १४ दिन अनिवार्य रूपमा क्वारेन्टिनमा राख्ने प्रोटोकल बनाएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार