Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • काठमाडौं उपत्यकामा थपिए २ सय ५ कोरोना संक्रमित


    मंगलबार, भाद्र २ २०७७
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। पछिल्लाे केही दिनदेखि  काठमाडौं उपत्यकामा काेराना भाइरस संक्रमितकाे संख्या दिन प्रति दिन बढिरहेकाे छ। मंगलबार मात्र काठमाडाैं उपत्यकामा २ सय ५ जना कोरोना संक्रमित फेला परेका छन्।

    पछिल्लो २४ घण्टामा काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

    हाल देशभर होम आइसोलेसनमा २ हजार ८८७ जना छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप १०१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो हालसम्मकै सबैभन्दा धेरै हो। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार २५७ जना पुगेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार