Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मकवानपुरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, मंगलबार २६ जनाका संक्रमण पुष्टि


    मंगलबार, भाद्र २ २०७७
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मकवानपुर । पछिल्लो समय मकवानपुर जिल्लामा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । 

    मंगलबार मात्रै  २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेहरुमा हेटौंडा उपमहानगरपालिका क्षेत्रका मात्रै १८ जना रहेका छन् ।

    हेटौंडाका १८ जनामध्येमा हेटौंडा उपमहानगरपालिका–४ का सबैभन्दा बढी ५ जनामा संक्रमण पुष्टि भएको छ ।

    हेटौंडा उपमहानगरपालिका भित्रका ५ जना सरकारी कर्मचारीलाई पनि कोरोना भएको छ । हेटौंडा–५ का ३ जना, हेटौंडा–६ का १ जना, हेटौंडा–२ का १ जना, हेटौंडा–८ का १ जना, हेटौंडा–११ का २ जना, हेटौंडा–१२ का २ जनामा संक्रमण पुष्टि भएको हेटौंडा–४ कर्रामा रहेको आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईले जानकारी दिए ।

    मकवानपुर गढी गाउँपालिकाका ३ जना र वाग्मती गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार