Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • काेराेनाकाे कहर: प्युठानमा यातायात बन्द


    मंगलबार, भाद्र २ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • प्युठान । प्युठानमा आज  राति १२ बजेदेखि पूर्ण रुपमा सार्वजनिक तथा निजी यातायात बन्द गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अध्यक्षतामा आज बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले सार्वजनिक तथा निजी सवारीसाधन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । 

    कोरोना संक्रमण दर बढी भएका जिल्लाका व्यक्तिको आवातजावत प्युठानमा बढी हुन थालेपछि यातायात बन्द गर्न थालिएको जिल्ला प्रशासन कार्यालय प्युठानका सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले बताए । 

    उनले भने,‘अत्यावश्यकबाहेक अन्य सवारीसाधन पूर्ण रुपमा बन्द हुनेछन् ।’ चाडपर्वका समयमा  व्यक्तिको आवतजावत बढी हुने भएकाले यही भदौ १५ गतेसम यातायात बन्द गर्ने निर्णय गरिएको उहाँले बताए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार