काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले गठन गरेको र सचिवालयले अनुमोदन गरेको कार्यदल अहिले छलफलमा व्यस्त छन् ।
गत शुक्रबार पार्टीका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ सदस्यीय कार्यदल गठन गर्न सहमति गरेका थिए । सो सहमतिलाई सोमबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको थियो ।
कार्यदलको बैठक संयोगक तथा पार्टी महासचिव विष्णु पौडेल नेतृत्वमा पार्टी कार्यालय धुम्बाराहीमा जारी रहेको छ ।
कार्यदलमा पूर्वमाओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् । माधव नेपाल समूहबाट सुरेन्द्र पाण्डे र भीम रावल सदस्य छन् । ओली समूहबाट पौडेलका अतिरिक्त शङकर पोखरेल छन् ।
पहिलो चरणमा सदस्यहरूबाट आएको सुझावलाई एकत्रित गर्ने र तिनै सुझावका आधारमा प्रतिवेदन तयार पारिने कार्यदलमा रहेका एक सदस्यले जानकारी दिए ।
कार्यदलको यो तेस्रो दिनको छलफल हो । यसअघि शनिबार र आइतबार पौडेल निवास भैंसेपाटीमा कार्यदलको बैठक बसेको थियो ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend