Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्च अदालतमा भेटिए तेस्रो कोरोना संक्रमित


    मंगलबार, भाद्र २ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  सर्वोच्च अदालतका कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । योसँगै सर्वोच्च अदालतमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । यसअघि एक जना गाडीचालक र एक न्यायाधीशका सहयोगीमा कोरोना संक्रमण देखिएको थियो ।

    अदालतमा कार्यरत १ सय ८० जनाको स्वाब परीक्षण गर्दा मंगलबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    कोरोना संक्रमण व्यापकरुपमा फैलिएसँगै अहिले सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिट र अरु केही जरुरी मुद्दाहरु तथा पेशी, तारेख लिनेजस्ता काममात्र सञ्चालन गरेर अरु काम रोकेको छ । तर अहिले पनि पेशी तारेख लिन र सार्वजनिक चासोका विषयमा रिट लिएर सर्वोच्च अदालत आउनेको संख्या धेरै छ ।

    इजलासकै कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अरुमा पनि जोखिम बढेको बताइएको छ । उनको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी रहेको बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार