विराटनगर । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रका व्यवस्थापक समेत हुन् ।
केही दिन अघिदेखि कोरोनाको आशंकामा उनी क्वारेन्टिनमा रहेका थिए । उको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।
स्वास्थ्य कार्यालयका अर्का एक कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि कार्यालयका जनस्वास्थ्य निरीक्षकमा कोरोना देखिएको थियो । उनी मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड-१९ अस्पतालमा खटिएका थिए ।
आफ्नै कार्यालयका कर्मचारीको कन्टयाक्ट ट्रेसिङ हुँदा उनको परीक्षण भएको हो । अहिले उनी होम आइसोलेशनमा रहेका छन् ।