काठमाडौं । नारीहरुको कथा ब्याथा र पीडा बोकेको अति नै मर्मस्पर्धी, समय शान्दर्भिक, सन्देशमूलक कथा समेटिएको लघु चलचित्र ‘छोरीको तीज’ रोम इन्टरटेमेन्टको अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक भएको छ ।
चलचित्र निर्देशक राजबहादुर सानेको कथा, परिकल्पना रहेको ‘छोरीको तीज’ रमेश बन गोसाइँले निर्देशन गरेका हुन् । चेतन सागरको सम्पादन रहेको लघु चलचित्रमा सारा नेपाली, बिमला गुरुङ, धनबहादुर राई, नेत्र बिस्ट, दिनेश श्रेष्ठ, राम श्रीपालीको अभिनय रहेको छ ।
स्वर्गद्वारी फिल्मस प्रालिको प्रोस्ट प्रोडक्सन रहेकोे यस लघु चलचित्र ‘छोरीको तीज’ हिन्दु नारीहरुको महानचार्ड तीज नजिकिदै गर्दा सार्वजनिक भएको छ । यो पर्वको सम्बन्ध माइती र चेली बीच कस्तो हुन्छ भन्ने देखाउँन खोजिएको निर्देशकको भनाइ रहेको छ ।
भिडियो हेर्नुहोस्ः