Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • सीपीएलका खेलहरु आजदेखि सुरु, सन्दीपको खेल भोलि


    मंगलबार, भाद्र २ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना महामारीका कारण विश्व क्रिकेट गतिविधिमा अंकुश लागेको बेला क्यारेबियन प्रिमियर लिग (सीपीएल) आयोजना हुँदैछ । आजबाट ट्रिनिडाड एण्ड टोबागोमा प्रतियोगिता ‍औपचारिक रुपमा सुरु हुन लागेको हो । 

    आगामी सेप्टेम्बर १९ बाट इण्डियन प्रिमियर लिग (आईपीएल) को तयारीको रुपमा यो वर्षको सीपीएललाई लिइएको बताइएको छ । यो प्रतियोगिमा नेपालका स्टार लेगस्पीनर सन्दीप लामिछानेले पनि सहभागिता जनाउनेछन् । 

    सन्दीपको टोलीको खेल भने बुधबार छ । सन्दीपले यो सिजन जमैका तल्लाहवाजबाट खेल्नेछन् । सन्दीपले सामाजिक सञ्जाल ट्‍वीटरमार्फत् सीपीएलनिकै उत्साहित रहेको बताएका छन् । सन्दीपले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुशी लागेको बताए ।

    सन्दीप सीपीएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका हुन् । नियमित उडान बन्द गरिएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए । यसबीच सन्दीपले दुई पटक पिसिआर परीक्षण गराएका छन् । नेपाल र टोबागोमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । उक्त रिपोर्टसँगै सन्दीपले सिपिएल खेल्ने बाटो खुला भएको हो ।

    यस सिजनको सीपीएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सिपिएल खेलिसकेका छन् । सीपीएल भदौ २५ गतेसम्म चल्ने छ । सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्दैछन् । सिपिएलमा कूल ३३ खेल हुने छन् ।

    कोरोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन् । आज पहिलो खेल राति ७ः४५ बजे ट्रिनबागो नाइट राइडर्स र गुएना वारियर्सबीच तथा अर्को खेल भोलि बिहान ३ः१५ बजे बारबाडोस र सेन्ट किट्सबीच हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार