Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पर्सामा ७ प्रहरीसहित ६६ जनामा कोरोना


    मंगलबार, भाद्र २ २०७७
    615
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा । पर्साका थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा १७ महिलासहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    तीमध्ये जिल्ला प्रहरी कार्यालय पर्साका पाँच जना र वडा प्रहरी कार्यालय विर्ताका दुई जना गरी सात जना प्रहरी हुन्।

    संक्रमण पुष्टि भएका २५ जना पर्साको बहुदरमाई नगरपालिकाका हुन्। बहुदरमाई नगरपालिका-४ बहुअरीका २० जना र अन्य वडाका ५ जना संक्रमित छन्। कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको हो।

    त्यस्तै, वीरगन्ज महानगरपालिका-१० मुर्ति चोकका ८ जना, छपकैयाका ५ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ।

    बाराको परसौनी गाउँपालिकामा ४ जना, पिलुवामा तीन, सिम्रौनगढका एक र कलैया-६ का एकजनामन संक्रमण देखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार