Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्रीको अगुवा गाडीले स्कुटरलाई ठक्कर दियो, दुईजना घाइते


    मंगलबार, भाद्र २ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको अगुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

    मंगलबार बिहान ९ बजेतिर सिंहदरबार अगाडि भद्रकालीबाट माइतीघरतर्फ गइरहेका बेला बा१झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा९४प १०२९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो ।

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मंगलबार बाजुरा जाँदै छन् । ‘बादल’लाई विमास्थलसम्म स्कर्टिङ गर्न सो जीप प्रहरी प्रधान कार्यालयबाट पुल्चोकस्थित मन्त्रीक्वार्टर जाँदै थियो ।

    गृहमन्त्रीलाई लिन मन्त्रीनिवास पुल्चोक गइरहेका बेला प्रहरी भ्यानले स्कुटरलाई ठक्कर दिएको हो ।

    दुर्घटनामा स्कुटर चालक नुवाकोटको कविलास गाउँपालिका–१ की २२ वर्षीया लीला थापा र २६ वर्षीया सुधा थापा घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

    लीलाको दाहिने खुट्टाको गोलीगाँठो सुन्निएको र सुदा थापालाई भने बाहिरी चोट नलागेको प्रहरीले जानकारी दिएको छ । दुवै जना घाइते राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी राठौरले जानकारी दिए ।

    जीप चालकलाई महानगरीय प्रहरी वृत सिंहदरबारले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार