Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमित कांग्रेस जिल्ला उपसभापतिको पाटन अस्पतालमा मृत्यु


    मंगलबार, भाद्र २ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । उपचाररत कोरोना संक्रमितको आज बिहान पाटन अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुने नवलपरासी पश्चिमका कांग्रेस उपसभापति सुवासचन्द्र गिरी रहेका छन् । ३७ वर्षीय गिरीलाई पित्तथैलीमा रहेको पत्थरीको उपचारको लागि रुपन्देहीको भैरहवामा रहेको मेडिकल कलेजमा लगिएको थियो । 

    त्यहाँ उपचारका गर्ने क्रममा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । गिरीको पित्तथैलीमा पत्थरी देखिएपछि अपरेसन गरिएको पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिए । छातीमा समस्या देखिएपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको पनि डाक्टर शाक्यले बताए ।

    आफूलाई कोरोना पोजिटिभ देखिएकाले सम्पर्कमा आएका सबैजना होम क्‍वारेन्टिनमा बस्न आग्रह गर्दै अस्पतालबाटै उनले फेसबुकमा स्टाटस लेखेका थिए । कोरोनाको लक्षण देखिएको र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई साउन २८ गते नै बुटवलको भीम अस्पताल रिफर गरिएको थियो ।

    निमोनियाको लक्षणसमेत देखिन थालेपछि उनलाई परिवारले साउन ३० गते ललितपुरस्थित पाटन अस्पताल लगेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार