Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकामा कोरोना महामारी : लकडाउन र कर्फ्यूको बिषयमा बुधबार निर्णय हुने


    मंगलबार, भाद्र २ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। कोरोना संक्रमण फैलिएका क्षेत्रमा लकडाउन गर्ने, कर्फ्यू लगाउने वा अन्य कुनै निर्णय गर्ने भन्ने बारेमा संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले निर्णय लिने वताइएको छ।

    मंगलबार बस्ने सीसीएमको बैठकले ल्याएका प्रस्तावका आधारमा बुधबार मन्त्रिपरिषद् बैठक बसेर निर्णय लिइने एक मन्त्रीले जानकारी दिए।

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट निजी अस्पताललाई कोरोना संक्रमितको उपचारमा एउटा मापदन्ड बनाएर  निर्णय हुने ती मन्त्रीले बताए ।  त्यसको खाका भने मंगलबार बस्ने सीसीएमसीको बैठकले तयार पार्नेछ ।

    त्यस्तै, भेन्टिलेटरको व्यबस्था कसरी गर्ने भन्ने निर्णय सीसीएमसीको खाकामा मन्त्रिपरिषद्ले निर्णय गर्ने वताइएको छ । कोरोना रोकथामका लागि लकडाउन , एरिया छुट्टाएर सिल गर्ने वा  कर्फ्यू लगाउने भन्ने प्रस्ताव पनि सीसीएमसीले ल्याउने र बुधबार मन्त्रिपरिषद्ले निर्णय लिने ती मन्त्रीले जानकारी दिए ।

    मन्त्रिपरिषद्को बैठकले बाढी र पहिरोलगायतका प्राकृतिक प्रकोप पीडितको उपचार सरकारले गर्ने निर्णय गरेको छ ।

    मृतकका परिवारलाई यसअघि नै बाढी, पहिरो र डुबानबाट मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख दिने निर्णय गरेको थियो ।

    बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई २ लाख राहत दिने निर्णय गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार