Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई गाउँका स्थानीयबीच विवाद हुँदा प्रहरीद्वारा १३ राउण्ड हवाइफायर


    सोमबार, भाद्र १ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बारा । कुलो थुनेर माछा मारेको विषयमा दुई गाउँका स्थानीयबीच विवाद हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ । 

    सिम्रौनगढ नगरपालिका- ११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका- ६ पटेर्वावासीबीचको विवाद उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन पहिले ६ सेल अश्रु ग्यास पनि प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

    झडपको क्रममा दुवै पक्षका नौ जना सर्वसाधारण र चार जना प्रहरी घाइते भएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

    ढुंगामुढा र लाठी प्रहारबाट घाइते भएका सबैको अवस्था समान्य रहेको उनले बताए । उनका अनुसार घाइतेहरूको स्थानीय स्वास्थ्यचौकी तथा क्लिनिकमा उपचार भइरहेको छ । 

    पटेर्वातिरबाट बगेर आएको कुलो भगवानपुरका स्थानीहरूले थुनेर माछा मार्न थालेपछि दुवै पक्षबीच विवाद सुरु भएको थियो । 

    विवादले उग्र रूप लिएपछि भगवानपुर बजारमा दुईतर्फी लाठी, भाटा र ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले अवस्था साम्य पार्न हवाई फायर गरेको उनको भनाइ छ । 

    अहिले त्यहाँको अवस्था समान्य रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार