Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्‍वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ


    सोमबार, भाद्र १ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • इलाम । गएराति क्‍वारेन्टिन स्थलमा मृत्यु भएका २२ वर्षीय निशान सुन्दासको कोरोना नेगेटिभ आएको छ । भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि लामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्‍वारेन्टिनमा थिए ।

    उनको मृत्युपछि सबै त्रस्त थिए । आज उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए ।

    उनलाई आइतबार बिहानदेखि श्वासप्रश्वासमा समस्या रहेको र बिहानैदेखि खाना नखाएपछि उपचार गरिँदै आइएको कोरोना फोकल पर्सन अधिकारीको भनाई छ । रिपोर्ट नेगेटिभ आएकाले त्रसित नहुन नगरवासीलाई नगरपालिकाले आग्रह गरेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार