काठमाडौं । कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकामा थप एक जनाको मृत्यु भएको छ । सोमबार बिहान १० बजे पाटन अस्पतालमामा उपचाररत ५८ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
निमोनिया भएकी उनीमा श्वासप्रश्वाससमेत समस्या देखिएसँगै उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।
गत २८ साउनमा भर्ना भएकी ती महिनाको आज मृत्यु भएको ललितपुर जनस्वास्थ्य कार्यालयले जनाएको छ।