Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरामा एक साताको लागि निषेधाज्ञा जारी


    सोमबार, भाद्र १ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । पोखरामा आज रातिदेखि एक हप्ता निषेधाज्ञा लागू हुने भएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्म निषेधाज्ञा गर्ने निर्णय भएको हो । 

    समुदायमा कोरोना संक्रमित भेटिन थालेपछि पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले भदौ ८ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । 

    पछि अवस्था हेरेर निषेधाज्ञा थप्ने/नथप्नेबारे निर्णय हुने समिति सदस्य शोभामोहन पौडेलले जानकारी दिए ।

    निषेधाज्ञा जारी भएपछि खाद्यान्न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहने छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्ने बाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार