काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले हालै गठन भएको कार्यदललाई अनुमोदन गरेको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार कार्यदल गठन गर्ने सहमति गरेका थिए ।
बैठकले कार्यदल गठन गर्नुलाई सकारात्मक भनेको प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिए । बैठक आज प्रम कार्यालय बालुवाटरमा बसेको थियो ।
‘कार्यदलले आज राष्ट्रसामु देखा परेका कार्यभारलाई पूरा गर्न पार्टी र सरकार सक्षम हुनेगरी गर्नुपर्ने कामहरूका बारेमा सुझाव दिन सफल हुनेछ भन्ने आशाकासाथ कार्यदललाई शुभकामना पनि दिएको छ,’प्रवक्ता श्रेष्ठले भने,’छिटोभन्दा छिटो समस्याको समाधान हुने, संकटको समाधान निस्किने, पार्टी एकताबद्ध हुने पार्टी र सरकारका कामहरू प्रभावकारी ढंगले अगाडि बढ्ने र महाधिवशेनमा जानेतर्फ केन्द्रित हुनुपर्छ।’
कार्यदललाई समयसिमा भने नतोकिएको तर सकेसम्म छिटो प्रतिवेदन बुझाउन निर्देशन दिएको समेत प्रवक्ता श्रेष्ठले बताए।
गत शुक्रबार गठित कार्यदलको संयोजक विष्णु पौडेल तोकिएका थिए भने सदस्यहरुमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल रहेका छन् ।
दुई अध्यक्षले कार्यदल बनाएको भन्दै पार्टीमा असन्तुष्टि बढेको थियो । सोहीकारण आजको लागि सचिवालय बैठक बोलाइएको थियो ।
कार्यदललाई आज अनुमोदन गरेपनि अहिलेसम्म कार्यदलको बैठक दुई पटक बसिसकेको छ ।
काठमाडौँ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक ९एडीबी०बाट ऋण तथा अनुदान सहायता स्वीकार गर्नेदेखि दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६...
काठमाडौँ। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न...
काठमाडौँ। सरकारले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका...
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend