गत मार्च १ अघि नै पर्यटक तथा आवासिय भिसा सकिएपनि कोरोना महामारीका कारण घर जान नपाएका मे १८ देखि अगष्ट १८ सम्म देश छाड्न समय दिएको थियो ।
अझै पनि अवस्था सामान्य नभएकाले यूएईले यो अवधिलाई तीन महिना थपेर नोभेम्बर १७ सम्म पुर्याएको छ।
तोकिएको समयमा देश छाडेर स्वदेश फर्किएमा ओभर स्टे बापतको सबै जरीवाना शुल्क पनि मिनाहा गरिदिने यूएईले जनाएको छ । यूएईले यो समयको सदुपयोग गर्दै स्वदेश फर्किएर जरिबानाबाट बच्न सबै गैरकानुनी विदेशी नागरिकलाई आग्रह गरेको छ । यो अवसर मार्च १ भन्दा अघि भिजिट, टुरिस्ट भिसा र बसोबासको भिसा सकिएकाको हकमा लागू हुनेछ ।
तर यो नियम मार्च १ भन्दा पछि भिसाको अवधि सकिएका, जागिर गुमाएका र भिसा क्यान्सिल भएकालाई भने लागू हुने छैन । आममाफीमा सहभागी भएर दुबई इन्टरनेशनल एअरपोर्ट भएर आउनेले उडान हुनुभन्दा ४८ घण्टाअघि नै त्यहाँको अध्यागमनमा गएको प्रक्रिया मिलाउनुपर्छ ।