काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । पछिल्लो गठन भएको कार्यदललाई सचिवालयले कार्यदेश दिनुपर्ने माग उठेसँगै सचिवालय बैठक बोलाइएको थियो ।
गत साउन ४ पछि पहिलोपटक सचिवालय बैठक बसेको हो । आजको सचिवालय बैठकले कार्यदल गठनलाई अनुमोदन गर्ने बताइएको छ । यस्तै कार्यदललाई कार्यदेश दिने र समयसिमा तोक्ने एजेण्डा रहेको बालुवाटार स्रोतले बताएको छ ।
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा कार्यदल गठह भएको थियो । कार्यदलको संयोजक विष्णु पौडेल तोकिएका थिए भने सदस्यहरुमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल रहेका छन् ।
दुई अध्यक्षले कार्यदल बनाएको भन्दै प्रचण्ड समूहमा भने असन्तुष्टि बढेको छ । सो समूहका माधव नेपाल, झलनाथ खनाललगायतका नेताले दुई अध्यक्षले मात्र नभइ सचिवालयले कार्यदल गठन गर्नुपर्ने र कार्यदेश दिन पाउने माग राखेपछि आजको लागि सचिवालय बैठक बोलाइएको थियो ।
अहिलेसम्म कार्यदलको बैठक दुई पटक बसिसकेको छ । आजको बैठकले कार्यदलको गठनलाई पार्टीगत निर्णयको स्वरुप दिनेछ । यस्तै बैठकले कार्यदलको समयसिमा तोकेसँगै नेकपा विवाद समाधानको मिति पनि तय हुनेछ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend