Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अरबौंका सरकारी जग्गा अतिक्रमणः अख्तियारलाई दोष लगाउँदै, भूमाफियाको पक्षपोषण गर्दै 


    सोमबार, भाद्र १ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ७ मिनेट पाठ
  • जनकपुरधाम । नेपाल सरकारको नाममा दर्ता कायम रहेको जनकपुरको पिडारी चोकको करिव ८ बिगाहा जग्गा ब्यक्तिको नाममा गैरकानुनी रुपमा दर्ता गरेको खुलिसकेको छ । स्थानीय नागरिकले पटक पटक उक्त जग्गा सरकारका नाममा कायम गर्न अनुरोध गर्दा पनि भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख बासुप्रसाद कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाम लिंंदै बदर गर्न आलटाल गर्दैआएका छन् ।

     राजाको शासनकालमा कुमार खड्गबिक्रम शाहले उक्त सरकारी जग्गा आफ्नो नाममा दर्ता गराउन सफल भएका थिए । राजा महेन्द्रका छोरीज्वाई खड्गविक्रमको उक्त जग्गा उनको मृत्यु पश्चात् छोरा दिवसबिक्रम साहले आफ्नो नाममा नामसारी गराएका छन् । नामसारीपछि स्थानीय बासिन्दाले सो जग्गा सरकारी भएको, उक्त स्थानमा हाटबजार लाग्ने गरेको, कब्रिस्तान र सरकारी प्राथमिक स्कुलसमेत भएकाले मालपोत ऐन, २०३४ को दफा २४ ९२०० बमोजिम बदर गरी नेपाल सरकारको नामाम दर्ता गर्न निवेदन पेश गरेका छन् । उक्त जग्गा सरकारी भएको प्रमाणसहित स्थानीयले निवेदन दिएपछि कारबाही चलिरहेको अवस्था छ । प्रमाणसहित निवेदन परेपछि जग्गा सरकारकै नाममा ल्याउनुपर्नेमा कार्यालय प्रमुख कोइरालाले जग्गाधनी दिवसबिक्रम शाहसँग आर्थिक लाभ लिई आफू कार्यालयको प्रमुख रहँदासम्म उक्त जग्गा बदर नगर्ने आश्वासन दिएको समाचार स्रोतले बतायो । उनले उक्त जग्गा बदर नगर्ने सर्तमा शाहसँग आकर्षक नजराना लिएको आरोप छ । । घुस बुझेपछि कोइरालाले जग्गादर्ता सम्बन्धी फाइल अख्तियारले रोकेको भन्दै आएका छन् ।

    कार्यालय प्रमुख कोइरालाले आफू कार्यालय प्रमुख भएर आउनुअघि नै अख्तियारमा उजुरी परी छानबिन भइरहेको जवाफ दिने गरेका छन् । म भन्दाअघिका निमित्त कार्यालय प्रमुख रामबाबु मण्डलकै समयमा अख्तियारमा उजुरी परेकाले सरकारी कायम गर्न नसकेको उनले भन्दैआएका छन् । घुुस खाएर दूषित बदर नगरेकोबारेमा उनले भने–घुस खाएको आरोप लाग्दैमा मलाई केही हुँदैन ।’ 
    धनुषाका मालपोत प्रमुख कोइरालाले अख्तियारतिर दोष देखाउँदै सरकारी जग्गा बदर नगरेको बारेमा आयोगका प्रवक्ता तारानाथ अधिकारीले भने–‘अख्तियारले सार्वजनिक जग्गा बदर नगर्न निर्देशन दिने कुरै आउँदैन । सार्वजनिक जग्गा हो भने बदर हुनुपर्छ ।’

    महन्तको जग्गा बेच्नेलाई कारबाही भएन

    मालपोत कार्यालय धनुषाका प्रमुख मालपोत अधिकृत कोइरालाले आफू मातहतका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्ने भन्दै बिभिन्न धम्की दिंदै रकम असुल गर्ने गरेका छन् । उक्त कार्यालयमा कार्यरत मालपोत अधिकृत मोहम्मद इजहार आलम, नासु  राम छबिला यादब, टानासु शिवशरण पण्डितसमेतको मिलेमतोमा जनकपुर नगरपालिका ८ मा बस्ने रामभजन दासको नाममा दर्ता कायम रहेको जनकपुर न.पा. वडा नं १३ सिट नं १२७४–०७ कित्ता नं ८ समेतको जग्गा सो कार्यालयको र.नं १२०९ (क) मिति २०७५।११।९, र.नं. ९६४९, ९६४५ (क) मिति २०७५।९।१५, १००७४ क मिति र.नं। ११८३१ख मिति २०७५।१०।।४, २०७६।२।३, र.नं. १२९३१ क मिति २०७५।११।२९ को रा.पा.ले जग्गा धनीको भतिज रघुवंशकुमार सिंह को नाममा हा.ब.ले र आरतीकुमारी शर्मा, उर्मिला देबी भूमिहार र रामकुमार यादवको नाममा राजीनामाको ब्यहोराबाट लिखत पारित गरी मठको नाममा जाने जग्गा हिनामिना गरेका छन् ।

    जग्गा प्रशासन निर्देशिका २०५८ को प्रकरण २०७ मा भेषधारीको नाममा रहेको जग्गा निजको शेषपछि निजको चेलाको हुँदैन । मठको तर्फबाट पोत तिरी बुझाई आयस्तासम्म खान पाउने  र उक्त जग्गा मठको नाममा नामसारी गर्नुपर्ने भन्ने स्पष्ट ब्यवस्था रहेको छ। तर सो बिपरित गई उल्लेखित कर्मचारीहरुले उल्लेखित जग्गाको हालसाविकनै नभिडाई महन्तको साविक श्रेस्ता लुकाई जग्गा पास गराउन सफल भएका हुन् । यसरी अनियमितता गर्ने कर्मचारीलाई प्रमुख मालपोत अधिकृत कोइरालाले कारबाही गर्नुको सट्टा मालपोत कार्यालयको रजिष्ट्रेशन फाँटको महत्वपूर्ण फाँटको जिम्मेवारी दिएका छन् । उक्त जग्गा पास गराउने नासु रामछबिला रायले असुल गर्नुपर्ने पूँजीगत लाभकर नियमसंगत असुल नगर्ने, असुल गरेको पूँजीगत लाभकर समेत समयमानै नबुझाई उक्त रकमले जग्गा खरिद बिक्री गर्ने र बर्षको अन्तिममा रकम बुझाउने गरेका छन् ।यसो गरी राजस्वमा हिनामिना गरेपनि कार्यालय प्रमुख कोइरालाको संरक्षण रहेकाले उनलाई केही कारबाही हुन सकेको छैन।

    टानासु पण्डित साविकमा सरकारी जग्गाको किर्ते गरी अदालतबाट सजाय सुनाई जेल भुक्तान गरी आएका कर्मचारी हुन् । टाईपिष्ट भएतापनि सेवाग्राहीसँग बार्गेनिङ गरी रकम जम्मा गरी कार्यालय प्रमुखलाई बुझाउने गरेकै कारण उनले रजिष्ट्रेशन फाँट पाउदै आएका छन् । पैसा दिएको सेवाग्राहीको काम गर्ने र पैसा नदिनेको काम नगर्ने, बिभागीय परिपत्रको बिपरीत गई एकै बर्षमा एकै कित्ता जग्गा ३–४ पटकसम्म कित्ता काट गराउने ५ प्रतिशत लाग्ने पूँजीगत लाभकर २.५ प्रतिशत असुल गरी नेपाल सरकारलाई प्राप्त हुने राजसवमा छली गर्नु उनको दैनिकी नै हुने गरेको छ। मोठ फाँटबाट जग्गाधनी प्रमाण पूर्जाको नक्कल दिंदा राजस्व असुल नगरी नक्कल दिने गरेको समेत बुझिएको छ ।

    कोइरालाले मालपोत कार्यालय धनुषामा सरुवा भई आउँदा परिवारबिना आफूमात्र आएको भएतापनि काठमाडौंमा रहेका श्रीमती र अष्ट्रेलियामा रहेकी छोरीलाई समेत मालपोत कार्यालय धनुषामा ल्याएको भनी दैनिक भ्रमण भत्ता खाई अनियमितता गरेको समेत बुझिएको छ। सर्लाही र महोत्तरीमा रहँदा भारतीय नागरिकलाई नागरिकता बाँडेको र भ्रष्टचार गरेको भनी गृह मन्त्रालयबाट आउट भएका कोइराला आफू गृहको मान्छे भएको, बढुवा भई पुनः गृहमानै जाने साथै अख्तियारका मानिससँग चिनजान र उठबस भएकाले पैसा नदिए कारबाही गर्न अख्तियारमा लेखिपठाइदिने भनी कर्मचारीहरुलाई डर त्रास देखाउने गरेका छन् । पैसा नदिई कुनै कामै नगर्ने कोइरालाले कार्यालयको रेकर्ड ब्यवस्थित गरेका छैनन् । कार्यालयको स्टोर तथा तामेलीलाई भनी लिएको भवन सो अनुरुप प्रयोग नगरी आफूनिकट कर्मचारीलाई बसाई मदिरा सेवन गर्ने स्थान बनाएका छन् । यसबाट नेपाल सरकारलाई अनावश्यक आर्थिक भार परेको छ ।

    यसैबीच, उक्त कार्यालयको सेवा केन्द्र ढल्केवरमा जाने भनी विगत २०७२ सालमा मन्त्रिपरिषदबाट निर्णय भई नापी कार्यालय विगत २०७४ सालदेखि ढल्केवरमा खुलेको र उक्त कार्यालयलाई बिनोयोजित बजेट अनावश्यक खर्च भएको भएतापनि मालपोत कार्यालय खुल्नसकेको छैन । मालपोत कार्यालय खुल्दा खाम कम हुने र आउने रकम कम हुने भएको कारण कोइरालाले उक्त कार्यालय नखुलाउन विभाग तथा मन्त्रालयमा लबिङ गर्ने गरेको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार