Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • खोला तर्न लाग्दा बगाएर एकै परिवारका चारको मृत्यु


    सोमबार, भाद्र १ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सांकेतिक तस्वीर

    डोटी, । अछाममा रहेको नरहरिनाथ खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार खोलाले बगाएर मृत्यु हुनेमा अछाम पञ्चदेवल विनायक नगरपालिका–९ बस्ने ३३ वर्षीया देवा बोहरा, उहाँकी छोरी १४ वर्षीया विपना, एक वर्षीया छोरी आकृति र सात वर्षीय छोरा हेमन्त छन् ।    
    अछाम र कालीकोटको सीमा क्षेत्रमा पर्ने नरहरिनाथ खोला तर्ने क्रममा उनीहरुको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ । लगातारको वर्षात्का कारण खोलामा बाढी आएको र तर्ने क्रममा उनीहरुको बगेर मृत्यु भएको हो । शव जिल्ला अस्पताल अछाम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।  रासस  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार