Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रहेनन् परम्परागत चित्रकार प्रेममानको


    आइतबार, साउन ३२ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ  । वरिष्ठ परम्परागत चित्रकार प्रेममान चित्रकारको ७८ वर्षको उमेरमा आज निधन भएको छ । नेशनल हस्पिटल कलङ्कीमा उपचारका क्रममा उहाँको आज अपराह्न १ः३० बजे निधन भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिनुभयो ।

    यसैबीच प्रतिष्ठानले आज एक शोक वक्तव्य जारी गरी उहाँको निधनले स्तब्ध भएको जनाएको छ । दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै प्रतिष्ठानले उहाँप्रति श्रद्घाञ्जली अर्पण गरेको छ । वक्तव्यमा यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदानको कामनासहित समवेदना प्रकट गरिएको छ । उहाँको परम्परागत चित्रकलामा महत्वपूर्ण योगदान रहेको र उहाँले धेरै कलाकार उत्पादन गरेको कुलपति कर्माचार्यले जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार