Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • स्वास्थ्य मन्त्रालयको बुझाइ, यी कारणले कोरोना संक्रमण फैलिइरहेको छ


    आइतबार, साउन ३२ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभर नै कोरो संक्रमितको संख्या बढिरहेको छ । यसरी व्यापक रुपमा संक्रमण फैलनुको कारण आम मानिसको बेवास्ता गर्ने प्रवृत्ति पनि एक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले धेरैले मलाई केही हुँदैन र बाहिरबाट आउनेलाई मात्र कोरोना हुन्छ भन्ने सोच त्याग्नुपर्ने बताएका छन् ।

    डा गौतमले कोरोनाको जोखिम सबैमा हुनसक्ने बताउँदै स्वास्थ्य समस्या र दीर्घरोगीलाई मात्र कोरोना हुन्छ भइहाले पनि केही पनि हुँदैन भनेर नसोच्न आग्रह गरेका छन् । कोरोनाबारे सचेत भइ बानी व्यवहार सुधार्न समेत उनले आग्रह गरे ।

    कोरोना संक्रमणले धनी, गरिब, बूढो, तन्नेरी र केटाकेटी छुट्याउँदैन मबाहेक जसलाई पनि कोरोना भाइरस हुन सक्छ भनेर त्यसअनुसार व्यवहार गनुपर्ने डा गौतमले बताए ।

    उनले धेरैले आफ्नो साथीभाइ, आफन्त तथा चिनजानको मानिसमा कोरोना हुँदैन र उनीहरुसँग भेट्दा मास्क लाउनु नपर्ने र दूरी कायम गर्नुपर्दैन भन्ने सोचाइले संक्रमण बढेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार