Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसदलाई नयाँ नक्सासहितको लोगो


    आइतबार, साउन ३२ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसदले नयाँ लोगो तयार पारेको छ । आइतबार नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित नयाँ लोगो संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको हो ।

    संघीय संसदका महासचिव डा. भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दहाललाई लोगो हस्तान्तरण गरेका छन् ।

    लोगोमा दुई लाल सुनको जलप, एक तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । एउटा लोगो बनाउन ५५ सय २७ रुपैयाँ खर्च लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार