Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रवक्ता श्रेष्ठको स्पष्टोक्ति: कार्यदल गठन गरेर पार्टी एकताको रक्षा सुनिश्चित भयो


    आइतबार, साउन ३२ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलबारे भ्रम सिर्जना गरेको भन्दै आपत्ति जनाएका छन् ।

    पार्टीभित्रको समस्या समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा ६ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा सदस्यहरु भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे रहेका छन् ।

    प्रवक्ता श्रेष्ठले कार्यदलको सुझावअनुसार पार्टीभित्रको समस्या हल हुने भन्दै केही विवाद आउनासाथ पार्टी फुट्यो भनेर हल्ला गर्नु उचित नहुने बताए ।

    ‪‘यस स्थितिमा कार्यदलको गठनबारेमा भ्रमात्मक प्रचार गर्नु नितान्त गलत हो’, उनले भने, ‘तर एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं ,पार्टी भित्र केही बिषयमा कुनै छलफल, बहस र संघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भैहाल्नु उपयुक्त हुँदैन । बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ बैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्दछ ।’

    त्यस्तै प्रवक्ता श्रेष्ठले दुई जना अध्यक्षहरुले पार्टीभित्र देखा परेको समस्या समाधानको प्रयास गरिरहेको जानकारी दिए । उनले पार्टी भित्रका समस्याहरुको समाधान र संकटको निकासको निम्ति गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम सुरु गरिसकेको बताए ।

    ‘यसले यो सकारात्मक सन्देश दिसकेको छ कि हाम्रो पार्टी एकताको रक्षा सुनिश्चित भएको छ’, उनले भने, ‘‪मैले यस अघि नै सार्बजनिक रुपमा पार्टी संकटको निकास को सुत्र प्रस्तुत गरिसकेको हुँ, पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र के कसको निर्णय अनुसार महाधिवेशनको तयारी ? पार्टी एकताको रक्षाले हामी सबैलाई खुसी बनाएको छ ।‬’

    ‪स्थायी कमिटी सदस्यसमेत रहेका श्रैष्ठले कार्यदलले तात्कालिन रुपमा कोभिड–१९ को नियन्त्रण,उपचार र अर्थतन्त्रको पुननिर्माण र अन्ततः राष्टृय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक –आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्ने बताए । ‬

    ‪‘यसलाई स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपुर्ण छलफल गरी संस्थागत निर्णय गरिनेछ’, उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार