Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेपत्ता चौधरीको शव फेला


    आइतबार, साउन ३२ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तुलसीपुर । दाङमा सानो राप्ती नदीको पुलमा मोटरसाइकल ठोकिएर नदीमा खस्दा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । शनिबार राति ११ बजेतिर लमहीबाट गढवातिर जाँदै गरेको लु ५७ प ११०० नम्बरको मोटरसाइकलमा सवार गढवा गाउँपालिका वडा नंं ७ चन्दनपुर निवासी २७ वर्षीय मनोज चौधरीको शव आज बिहान सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले फेला पारेको हो ।

    वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाका अनुसार उनी मोटरसाइकलमा पछाडि सवार व्यक्ति हुन् । मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय सुरजनारायण चौधरीको भने शनिबार राति नै शव फेला परेको थियो । पुलमा ठोकिँदा मोटरसाइकलसहित दुवै नदीमा खसेका थिए । ती शव अहिले परीक्षणका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार