काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय काठमाडौं उपत्यकाभित्र संक्रमण दर बढ्दो रहेको छ। काठमाडौं जिल्लामा अहिले पनि ५ सयभन्दा बढी एक्टिभ केस रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका हुन्।
देशभर पछिल्लो २४ घण्टामा ६४१ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३४ जना डिस्चार्ज भएका छन् भने थप २ जनाको मृत्यु भएको छ।