Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइतबार देशभर थपिए कोरोनाका ६ सय ४१ संक्रमित


    आइतबार, साउन ३२ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार नेपालमा ६ सय ४१ कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ।

    विगत २४ घण्टामा १२ हजार २ सय बढीको पीसीआर परीक्षण भएको छ।

    त्यस्तै विगत २४ घण्टामा १ सय ३४ जना निको भइ घर फर्किएको प्रवक्ता गौतमले बताए। आज निको हुनेसहित हालसम्म १७ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ छ।

    त्यस्तै १ सय ४ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ। विगत २४ घण्टामा थप दुई जना मृतकमा कोरोना पुष्टि भएको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार