काठमाडौं । नेपाल प्रहरीका ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २ सय ४० जना डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीमा हाल ३ सय ८० जना सक्रिय संक्रमित छन् ।
संक्रमित मध्ये एक डीआईजी समेत रहेका छन् । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत डिआईजीलाई संक्रमण भएको हो ।
हालसम्म प्रहरी प्रधान कार्यालयका १ सय ५५, काठमाडौं उपत्यकाका ३०, प्रदेश १ का २३, प्रदेश २ का ४६, बागमती प्रदेशका ४०, गण्डकी प्रदेशका २२, प्रदेश ५ का ५२,कर्णाली प्रदेशका ७ र सुदूरपश्चिम प्रदेशका ५ जना सक्रिय संक्रमित छन् ।
सशस्त्रका २ सय २७ जनामा संक्रमण
फ्रण्टलाइनमा खटिएका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण बढिरहेको छ । सशस्त्र प्रहरीका पनि २ सय २७ जनामा कोरोना संक्रमण पाइएको हो भने १ सय २७ जना डिस्चार्ज भएका छन् ।
सशस्त्र प्रहरीमा अहिले ९३ जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रदेश १ का ३८, प्रदेश २ का ३७, बागमती प्रदेशका १६ र प्रदेश ५ का २ जना रहेको सशस्त्र प्रहरी बल हलचोकले जनाएको छ ।