रुपन्देही । बुटवल उपमहानगरपालिकाका तीन अधिकृतमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दनकुमार सिंहका अनुसार उपमहानगरपालिकाका दुई जना शाखा प्रमुख हुन् भने र एकजना अधिकृतस्तरका सहायक शाखा प्रमुख हुन्। ती तीनजना वडा नम्बर १ १का अन्य १३ जनामा समेत संक्रमण पुष्टि भएको छ ।
आइतबार थपिएका १६ जनासहित बुटवलमा कुल संक्रमितको संख्या ८० पुगेको छ। तीमध्ये ५६ जना सक्रिय संक्रमित छन् भने २४ जना उपचारपछि निको भएर घर फर्किएको उपमहानगरपालिकाले जनाएको छ।