Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु


    आइतबार, साउन ३२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । कोरोना भाइरस (कोभिड १९) बाट विराटनगरकी एक महिलाको मृत्यु भएको छ। उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार बिहान उचारका क्रममा मृत्यु भएको हो।  

    विराटनगर–२ स्थित तीनपैनीकी एक महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

    शनिबार राति अस्पतालमा भर्ना गरिएकी महिलाको आइतबार १२ बजे तिर निधन भएको उनले बताए।  

    प्रवक्ता डा. सापकोटाका अनुसार मृतक महिलामा फोक्सोमा समस्या, थाइराइडको समस्याका साथै मुटुको समस्याका कारण भारतको दिल्लीस्थित एक अस्पतालबाट हेर्ने गरिएको खुलेको छ। 

    यससँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृतकको संख्या १० पुगेको छ भने विराटनगर महानगरपालिकाभित्र कोरोनाबाट ७ जनाको मृत्यु भइसकेको छ। विराटनगर–९ का २ जना तथा वडा नम्बर २, ३, ५, १० र १५ का १–१ जनाको मृत्यु भैसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार