Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपाको ६ सदस्यीय कार्यदलमा बर्षमान पुन किन परेनन् ?


    आइतबार, साउन ३२ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । साविक माओवादी केन्द्र हुँदै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा आउँदा पनि सधैं अवसर पाउँदैआएका ऊर्जामन्त्री बर्षमान पुन विवाद सल्टाउन गठित कार्यदलमा यो पटक अटाएनन् । नेकपाभित्रको विवाद सल्टाउनका लागि शुक्रबार गठित कार्यदलमा मन्त्री पुन नपरेकोमा नेकपा खासगरी पूर्वमाओवादी पंक्तिभित्रै आश्चर्य मानिएको छ ।

    पुनलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बढी नै काखी च्याप्दैआएको आरोप उनकै समूहबाट लाग्दैआएको छ । पूर्वमाओवादीभित्र पुनलाई बढी च्यापेकोमा असन्तुष्टी ब्याप्त छ । हरेक अवसर प्रचण्डले पुनलाई दिने गरेका थिए । तर विवाद सल्टाउने ६ सदस्यीय कार्यदलमा पुनलाई प्रचण्डले राख्न सकेनन् । प्रचण्डले उनको तर्फबाट जनार्दन शर्मा र पम्फा भूसाललाई कार्यदलमा राखेका छन् ।

    बर्षमान पुन कार्यदलमा नपर्नुको मुख्य कारण भने झन्डा हल्लाएरै प्रधानमन्त्रीको राजीनामा माग्नुलाई पनि मानिएको छ । पार्टीमा विवाद समाधानका लागि वार्ता गर्दा प्रधानमन्त्री ओलीको टीमसँग वार्ता गर्न अर्को पक्षबाट मन्त्री पुन नै आएका थिए । प्रधानमन्त्रीसँग वार्ता गर्न मन्त्री नै जानु नैतिक दृष्टिले पनि उपयुक्त नभए पनि उनी गएका थिए ।

    सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा जारी गर्नुअघि नै भारतीय दूताबासमा सूचना पुग्ने गरेको बिषय त्यतिबेला खुब चर्चा हुने गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलकै एक सदस्यले दूताबासमा सूचना पुर्याउने गरेको खुलासा पनि गरेका थिए ।

    माओवादी केन्द्रदेखि नेकपासम्म आउँदा मन्त्री पुन र उनकी पत्नी ओनसरी घर्तीले पार्टीमा पटक पटक अवसर पाउँदैआएका छन् । ओनसरी घर्ती माओवादी केन्द्रमा हुँदै सभामुख र मन्त्री भइसकिन् । तर उनीबराबर राजनीतिमा योगदान गर्ने जयपुरी घर्तीहरु ओझेलमा परेका छन् । यो पटक कार्यदलमा मन्त्रिमण्डलमा भएकाहरुलाई नराखिएको तर्क पनि कतिपयले गरेका छन् । तर ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई कार्यदलमा राखिएको छ ।

    नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले शुक्रबार विवाद सल्टाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने निर्णय लिएका थिए । कार्यदलमा शंकर पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् । दुई अध्यक्षको मात्र सहमतिमा कार्यदल गठन गरिएकोमा शीर्षनेताहरु माधवकुमार नेपाल, झmलनाथ खनाल र नारायणकाजी श्रेष्ठले असन्तुष्टी जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार