काठमाडौं । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तनहुँका दुई, कास्कीका तीन, बागलुङका दुई र गोरखा, स्याङ्जा, नवलपरासी पूर्वका एक-एक जना गरी थप १० जनामा कोरोना पुष्टि भएको हाे।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशका ६ जिल्लामा १० जनामा कोरोना भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमितमध्ये ६ पुरुष र चार महिला छन्।