Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धुर्कोट र मदानेका प्रमुख र उपप्रमुखले दाल चामल पनि गाउँपालिकाकै रकमबाट खरिद गरेको खुल्यो


    सोमबार, मंसिर १२ २०७९
    5.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • गुल्मी  । गुल्मीको मदाने र धुर्कोट गाँउपालिकाको अघिल्लो कार्यकाल अर्थात् आर्थिक बर्ष ०७८-०७९  मा प्रमुख र उपप्रमुखका नाममा रु. १८ लाख ७१ हजार बराबरको दाल, चामल र तरकारी खरिद गरिएको तथ्य फेलापरेको छ । गाउँपालिकाको बजेटबाट आफ्नो घरको दालचामल खरिद गरेको कुरा महालेखा परीक्षककै प्रतिवेदनमा उल्लेख छ ।

    महालेखापरीक्षकको ५९ औ बार्षिक प्रतिवेदनले उक्त रकम बेरुजु औल्याएर फस्र्यौट गर्न सुझाव दिए पनि अहिलेसम्म फस्र्यौट गरेका छैनन् । आर्थिक बर्ष ०७८÷०७९  मा मदानेमा दानबहादुर के सी प्रमुख र उपप्रमुखमा सरिता खड्का थिइन् । धुर्कोट गाँउपालिकामा भूपाल पोखरेल प्रमुख र उपप्रमुखमा शिव  के सी थिए । धुर्कोटमा काँग्रेस–माओवादीको तालमेल भएको थियो भने मदानेमा दुवै जना एमालेबाट निर्वाचित हुन् । 

    आर्थिक कार्यविधि तथा बित्तीय उत्तरदायित्व नियमावली २०७७ को दफा ३९ का अनुसार खर्च गर्नुअघि भुक्तानी दिन उपयुक्त छ कि छ्रैन जाँच गर्नुपर्ने ब्यवस्था भए पनि गाँउपालिकाको बजेटबाट यसरी ब्यक्तिगत प्रयोजनका लागि खाद्यान्न वा सामान खरिद गर्नु नियमबिपरीत भएको महालेखापरीक्षकको कार्यालयले सुझाएको छ । 

    गाँउपालिकाबाट सेवा सुविधा लिएर पनि दाल चामल समेत राज्यको पैसाबाट खरिद गर्नेमा देशभरीमा मदाने र धुर्कोट गाँउपालिकामात्र देखिएका छन् । २०७९ को स्थानीय चुनावमा पनि धुर्कोटमा भूपाल पोखरेल र मदानेमा सरिता खड्का क्रमशः प्रमुख र उपप्रमुखमा निर्वाचित भई बहाल छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार