Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चन्द समुहले मतपेटिका जलाएपछि चितवनमा हवाइ फायर


    आइतबार, मंसिर ४ २०७९
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनमा मतपेटिका जलाएपछि प्रहरीले हवाइ फायर गरेको छ। चितवन निर्वाचन क्षेत्र नम्बर १ मा विप्लव समुहले मतपेटिका जलाए पछि प्रहरीले हवाइ फायर गरेको हो । 

    राप्ती नगरपालिका–८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभुत विद्यालयको ख मतदान केन्द्र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाएका हुन्। उनीहरुले ‘ख’ मतदान केन्द्रका चार मतपेटिकामध्ये एउटा जलाएको चितवनका डीएसपी सुदन आचार्यले सञ्चारकर्मीलाई जानकारी दिए । 

    ‘ मतदान केन्द्रका चार वटा मतपेटिकामध्ये एउटा मतपेटिका जलेको छ तर, मतपत्र भने जलेको छैन,’ आचार्यले भने । उनका अनुसार करिब ४५ मिनेट रोकिएको मतदान पुन: सुरु भएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार