Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देही – ४ मा प्रतिनिधिसभातर्फ महिला र दलित उम्मेदवार शून्य, १३ उम्मेदवारमध्ये ५ जना स्वतन्त्र


    शनिबार, मंसिर ३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आइतबार हुने प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ मा महिला र दलित उम्मेदवार शून्य देखिएका छन् । कूल १३ उम्मेदवार रहेको उक्त निर्वाचन क्षेत्रमा महिला र दलित उम्मेदवारको संख्या शून्य रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । विभिन्न राजनीतिक दलबाट ८ जना पुरुष उम्मेदवार रहेकोमा ५ जना स्वतन्त्र उम्मेदवार छन् ।

    उक्त निर्वाचन क्षेत्रमा कूल मतदाताको संख्या १,१०,६५९ रहेको छ । जसमध्ये ६२ हजार ८४७ पुरुष र ४७ हजार ८१२ महिला मतदाता छन् ।  समावेशीकरणतर्फ समेत दलित उम्मेदवारको संख्या शून्य देखिएको छ ।यस क्षेत्रमा १५.३८ प्रतिशत मुस्लिम, ७.६९ प्रतिशत थारू, ७. ६९ प्रतिशत आदिवासी जनजाति उम्मेदवार र ६९.२३ प्रतिशत मधेशी उम्मेदवार रहेका आयोगको तथ्यांकले देखाएको छ ।

    यस क्षेत्रमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल जनता पार्टी गरी ८ जना राजनीतिक दलका उम्मेदवार  र ५ जना स्वतन्त्र उम्मेदवार छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार