Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यकले मतदान गर्न पाउने, सबैभन्दा धेरै मधेशमा


    शनिबार, मंसिर ३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा देशभरबाट १८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यकले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा देशभरबाट १८५ जना मतदाताले भोट हाल्न पाउने भएका हुन् ।

    जसमध्ये मधेश प्रदेशमा सबैभन्दा धेरै ७० जना यौनिक तथा लैंगिक अल्पसंख्यकले मतदान गर्न पाउने छन् । यस्तै, बागमतीमा २५ जना, गण्डकीमा ११ जना, प्रदेश १ मा २२ जना, लुम्बिनी प्रदेशमा ३४ जना, सुदूरपश्चिममा १८ जना र कर्णालीमा सबैभन्दा कम ३२ जनाले मतदान गर्न पाउनेछन् । 

    अधिकारकर्मीहरूले नेपालमा ठूलो संख्यामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय रहेको दाबी गरे पनि न्यून संख्याले मात्र लैंगिक पहिचानको आधारमा नागरिकता, मताधिकार लगायतका अधिकार प्राप्त गरेका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार