Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचनकाे समाचार संकलनका लागि सहज वातावरण बनाउन पत्रकार महासंघको माग


    शुक्रबार, मंसिर २ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल पत्रकार महासंघले निर्वाचनमा समाचार संकलन र मतगणना अपडेटका लागि सहज वातावरण बनाउन निर्वाचन आयोग र सरकारसँग माग गरेको छ । 

    शुक्रबार एक विज्ञप्तिमार्फत निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी साधनलाई सहज ढंगबाट चल्न दिन समेत महासंघले आग्रह गरेको छ । 

    महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको दिन आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्बाध, सुरक्षित र सहजढंगबाट समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण निर्माण गर्न तथा मतदान लगत्तै हुने मतगणनाको सहज र सरल तरिकाले समाचार संकलन गर्ने वातावरण बनाउन महासंघ निर्वाचन आयोग र सरकारसँग माग गर्दछ ।’

    यस्तै निर्वाचनको क्रममा सबै खाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन समेत महासंघ सरकारसँग आग्रह गरेको छ ।

    patra.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार