Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • वायु सेवा कम्पनीलाई प्राधिकरणले भन्यो- उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्नू


    शुक्रबार, मंसिर २ २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल नागरिकय उड्डयन प्राधिकरणले उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। 

    केही कम्पनीले अनुमति नलिइ चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो । नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ ।

    यदि उडान अनुमति नलिइ यात्रुलाई टिकट बिक्री गरेको पाइ प्राधिकरणले कारबाही गर्ने भएको छ । चार्टर उडानको नाममा टिकट बिक्री गरी यात्रुलाई विमानस्थलमा अलपत्र पार्ने काम हुनथालेपछि प्राधिकरणले यो कदम चालेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार