Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुम्ला जीप दुर्घटना अपडेटः आठ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर


    बिहिबार, मंसिर १ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जुम्ला । जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे१च २१८८ नम्बरको जीप दुर्घना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तिला गाउँपालिका-४ स्थित रावतवाडामा ताम्तीतर्फ जाँदै गरेको जीप दुर्घना हुँदा आठ जना घाइते भएका हुन् ।

    घाइते हुनेमा अंगराज गिरी, आदिप्रसाद न्यौपाने, सुरज चन्द, राजेन्द्र विष्ट, हरिप्रसाद देवकोटा, आशा चौलागईं, सिताराम दराई, सुरेश कार्की रहेका छन् । उनीहरू सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदैछ । प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत द्वन्दबहादुर शाहीका अनुसार अंगराज  गिरी, आदिप्रसाद न्यौपाने र सुरज चन्दको अवस्था गम्भीर रहेको छ । दिलमाया शाही 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार