Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना, तीन प्रहरीसहित ६ घाइते


    बिहिबार, मंसिर १ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जुम्ला । जुम्लामा मतदान केन्द्रतर्फजाँदै गरेको जिप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे१च २१८८ नम्बरको जिप दुर्घटनामा परेकाे हो ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोसीका अनुसार तिला गाउँपालिका-४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्रतर्फ जाँदै  गरेको उक्त जिप दुर्घटना भएको हो । दुर्घटना परि घाइते भएकाहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ ल्याईदै गरेकाे प्रहरीकाे भनाइ छ । उनका अनुसार तीनजना प्रहरी एक मतदान अधिकृत, एक साहयक मतदान अधिकृत र एक कार्यालय सहयोगी घाइते भएका छन् । 

    दुर्घटनाको प्रारम्भिक जानकारीअनुसार निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गिरी, सहायक मतदान अधिकृत आदlप्रसाद न्यौपाने, हरिप्रसाद देवकोटासहित ६ जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार उक्त जिपमा आठ जनाको टोली थियो । दुई जना सकुशल रहेको र ६ जना घाइते भएका हुन् । घाइतेलाई  कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा ल्याएको छ । दिलमाया शाही/न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार