Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको विनिमय दर


    बिहिबार, मंसिर १ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    जस अनुसार एक अमेरिकी डलरको खरिदर १२९ रुपैयाँ ७८ पैसा छ भने बिक्रीदर १३० रुपैयाँ ३८ पैसा रहेको छ । 

    युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ २८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९१ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ०३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४४ पैसा कायम भएको छ । 

    क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५२ पैसा र यस्तै सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ९० पैसा र बिक्रीदर ९५ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ।

    जापानी येनमा १० एकको खरिदमा ९  रुपैयाँ ३१ पैसा र बिक्रीमा ९ रुपैयाँ ३६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैइाँ ६५ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २८ रुपैयाँ ६९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    Screenshot (158).png


    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार