Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मतदान केन्द्रमा क्यामेरा र मोबाइल लैजान नपाइने


    मंगलबार, कार्तिक २९ २०७९
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  निर्वाचन आयोगले निर्वाचनका क्रममा मतदान केन्द्रमा क्यामरा, मोबाइल लगायतका निषेधित वस्तु लैजान नपाइने निर्णय गरेको छ । 

    यही मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका क्रममा कसैले क्यामरा वा मोबाइल बोकेर मतदान कक्षमा गएमा तत्काल क्यामरा वा मोबाइल जफत हुने आयोगले जनाएको छ । 

    निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानून बमोजिम कारबाहीका लागि सुरक्षा निकायलाई जानकारी दिने पनि आयोगको भनाइ छ ।

    प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउने आयोगले निर्णय गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार